Worldlink ads

कास्कीमा काेभिडको उच्च जाेखिम, सचेत रहन प्रशासनको आग्रह

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७८
pcci

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उद्यममा लागेको निजी क्षेत्रलाई सहजीकरण गर्न कास्की प्रशासन सदैव तयार रहने बताएका छन् ।
पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले खुल्ला अर्थ व्यवस्थामा निजी, सार्वजनिक र नागरिक समाज एक–अर्काको परिपूरक भएको बताए ।

‘अन्तर्राष्ट्रिय व्यापारबारेको विद्यार्थी तथा प्रशासकको रुपमा पनि म निजी क्षेत्रप्रति जवाफदेही हुन्छु ,’ उनले भने, ‘यहाँहरु (निजी क्षेत्र) अघि लाग्ने हो, हामीले सहजीकरण गरिदिने हो ।’

निजी क्षेत्रलाई प्राथमिकताका साथै प्रोत्साहन गरेकै कारण दक्षिण कोरियाले ४० वर्षमै अर्थतन्त्र माथि उकासेको प्रसंग निकाल्दै उनले व्यवसायमा लाभका क्षेत्र पहिचान एव आफूसँग भएको स्रोतको परिचालनमा विशेष ध्याद दिनुपर्ने धारणा व्यक्त गरे ।

कोभिड मत्थर भए पनि कास्कीमा संक्रमणको दर २३ प्रतिशत रहेको एवं ८ सयको हाराहारीमा सक्रिय संक्रमित रहेको तथ्य पेस गर्दै उनले स्वास्थ्य सुरक्षाको पालना गर्न नागरिकहरुसँग आग्रह पनि गरे । निषेधाज्ञा समस्याको समाधान नभएकोमा आफू सहमत भएको बताउँदै उनले भने,‘संक्रमण बढ्न थाल्यो भने जनताको सुरक्षाको लागि अप्रिय निर्णय गर्न हामी बाध्य हुन्छौं ।’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले कोभिडले व्यापार÷व्यवसायमा पारेको असर न्यूनीकरणतर्फ प्रशासनले सहजीकरण गर्नुपर्ने धारणा राखे ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कोभिडकालीन समयमा स्थानीय प्रशासनसँग संघले सहकार्य गरेको स्मरण गर्दै आउँदा दिनमा पनि त्यो सहकार्य कायम रहने बताए । पोखरा उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पादन गरेका कामहरुको जानकारी दिँदै उनले भने,‘निजी क्षेत्र सामाजिक उत्तरदायित्व बहन गर्न सदैव तयार छ, हामीलाई सहजीकरणको खाँचो छ ।’

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन संघका महासचिव सुरेन्द्रमान विजुक्छेले गरेका थिए ।

ब्याजदर घटाऊ
पोखरा उद्योग वाणिज्य संघले बैक तथा वित्तीय संस्थाहरुले एकाएक निक्षेपमा ब्याज दर बढाएकोमा आपत्ति जनाउँदै त्यसले समग्र अर्थव्यवस्थामै असर पार्ने ठहर गरेको छ । संघले निक्षेपमा ब्याज बढाउँदा कर्जामा पनि ब्याज बढ्ने र त्यसले मूल्यबृद्धि पनि बढाउने हुँदा सो निर्णय फिर्ता गर्न माग गरेको छ । संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्वारा जारी विज्ञप्तिमा ब्याजदर बढाउने निर्णय फिर्ता नभए निजी क्षेत्रबाट असहयोग र विरोध गरिने पनि उल्लेख गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    • कांग्रेस महाधिवेशनः आकांक्षीको अडानले अड्कियो उम्मेदवार चयन

      आदर्श समाज सम्वाददाता मंसिर १६, २०७८
      पोखरा । नेपाली कांग्रेसका प्रदेश अधिवेशन बिहीबार सुरु हुँदैछ । तर अधिवेशन उद्घाटनको दिनसम्म पनि गण्डकी प्रदेशमा भने वरिष्ठ नेता रामचन्द्र…
    • मुस्ताङ प्रवेशमा कडाइ

      रासस मंसिर १५, २०७८
      बलेवा । कोरोना भाइरसको नयाँ ‘भेरियन्ट ओमिक्रोन’ त्रासका कारण हिमालपारिको जिल्ला मुस्ताङ प्रवेशमा कडाइ थालिएको छ । कोरोना सङ्क्रमणको अवस्था…
    • विद्युत खपत बढाऊ: ऊर्जामन्त्री भुसाल

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      लमजुङ, १५ मंसिर ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युतीय ऊर्जाको खपत बढाउन अपिल गरेकी छन् । नेकपा (माओवादी केन्द्र)…
    • कोरोनाले मुस्ताङ प्रवेशमा कडाइ

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      पोखरा, १५ मंसिर । कोरोना भाइरसको नयाँ ‘भेरियन्ट ओमिक्रोन’ त्रासका कारण हिमालपारिको जिल्ला मुस्ताङ प्रवेशमा कडाइ थालिएको छ । कोरोना संक्रमणको…
    • गण्डकी कांग्रेस : देउवाका जोशी, पौडेलका ५ भाइ

      आदर्श समाज सम्वाददाता मंसिर १५, २०७८
      पोखरा । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि संख्या हेर्दा गण्डकी प्रदेश केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलको बहुमतमा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग