पोखरा । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ ।
आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ । यस्तै अर्घाखाँचीका प्रजिअ विष्णु पौडेल र स्याङजाका प्रजिअ दिपकराज नेपाललाई गृहमन्त्रालयमा ल्याईएको छ ।
यसैगरी सहसचिव किरण थापालाई कैलाली, जगन्नाथ पन्तलाई पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, विपद् व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रजिअमा सरुवा गरिएको छ ।
यस्तै कारागार व्यवस्थापन विभागका निर्देशक बेदनिधि अधिकारीलाई डोल्पा, उपसचिव नेत्रप्रसाद शर्मालाई मुस्ताङ र उपसचिव राजुप्रसाद पौडेललाई स्याङ्जाको प्रजिअमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान
रोजगार खोज्दै मेलामा
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१