आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

आदर्श समाज सम्वाददाता
असाेज ३१, २०७८
garibi

तस्बिर : सामाजिक सञ्जाल

पाेखरा।  आज विश्वभर अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदैछ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर यो दिवस मनाइन्छ ।

सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाइँदै आएको छ । गरिबीको व्याख्या गर्दा संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ ।

दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू संचालन गरेको छ ।

नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अतिकम विकसित मुलुुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसमेत राखेको छ । नेपालमा गरिबी निवारणको लागि संघ, प्रदेश तथा स्थानीय तहमा अबौं रुपैयाँका फरक–फरक कार्यक्रमहरू संचालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिबी घट्न सकेको छैन ।

सन् १९९६ मा नेपालको करिब ४२ प्रतिशत रहेकोमा सन् २००४ मा ३०।४ र सन् २०१९ मा १८।७ प्रतिशतमा झरेको देखिन्छ । तर, कोरोना संक्रमण तथा यसपछिको लकडाउनका कारण अर्थतन्त्र सुस्ताएकाले गरिबी दर धेरै नघट्ने प्रक्षेपण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width