चेन्नई सुपर किंग्सलाई चौथो पटक आइपिएल  उपाधि

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७८
winner

पोखरा । इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ। यूएईमा सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सले चौथो पटक उपाधि जितेको हो। च्याम्पियन चेन्नईले १० करोड भारु र उपविजेता कोलकताले ६ करोड २५ लाख भारु पुरस्कार पाएका छन् ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर फिल्डिङ रोजेको कोलकाताले १९३ रनको लक्ष्य पाएको थियो। कोलकाताले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १६५ रन जोडेको थियो।

सुरुआती ब्याटिङका लागि निस्किएको चेन्नईले निर्धारित पूरा ओभर खेल्दै तीन विकेटको क्षतिमा १९२ रन बनाएको थियो। चेन्नईका लागि ओपनर फाफ डुप्लेसिसले सर्वाधिक ८६ रनको अर्धशतकीय पारी खेले। उनले ५९ बलमा सात चौका र तीन छक्कासहित सो रन जोडेका थिए। अर्का ओपनर रितुराज गायक्बडले ३२ रन बनाए। त्यस्तै, रोबिन उथप्पाले ३१ रन बनाए भने मोइन अलीले ३७ रन बनाएका थिए।

चेन्नईले यसअघि २०१०, २०११ र २०१८ मा उपाधि जितेको थियो। चेन्नईले २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको थियो । २०११ मा चेन्नईले बेंगलोरलाई ५८ रनले पराजित गर्दै लगातार उपाधि जितेको थियो । २०१८ मा हैदराबादलाई ८ विकेटले पराजित गर्दै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको थियो । चेन्नई २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उपविजेता बनेको थियो ।

कोलकत्ताले सन् २०१४ मा आइपिएलको उपाधि जितेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width