मुगु बस दुर्घटनामा ३२ को मृत्यु, घाइतेको नेपालगञ्‍ज र कोहलपुरमा उपचार हुँदै

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७८
mugu-1634042771

पोखरा ।  मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको मुगुका प्रमुख जिल्लाअधिकारी रोमबहादुर महतले जानकारी दिएका छन्।

थप ४ जनाको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिएका छन्।

प्रजिअ महतका अनुसार घाइते १६ जनालाई उपचारका लागि नेपालगञ्‍ज र कोहलपुर पठाएको बताइएको छ। एक जना बालकको जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाँकेको नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो।

तीन जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ।

प्रहरी चेकपोष्टमा टिपाएको विवरण अनुसार गाडीमा ४३ जना यात्रु सवार रहेको पाइएको छ। तर बाटोमा सवारी थपिएका कारण गाडीमा कति यात्रु थिए भन्ने यकिन भएको छैन।

Related News

सम्बन्धित समाचार

hero news full width