पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार खसी बजार र फ्रेस हाउमा अनुगमन गरेको महानगर उपभोक्ता हित संरक्षण समिति सदस्य सचिव अनील कार्कीले जानकारी दिए ।
जिउँदा खसी बोका बिक्री वितरणमा बढी मूल्य लिएको र बिरामी खसीबोका सस्तोमा बिक्री गरेको गुनासो आएपछि अनुगमन गरिएको हो । उनले उपभोक्तासँग बढी मूल्य नलिन र बिरामी खसी बोकालाई छुट्टै राख्ने व्यवस्था गर्न सुझाव दिए।
चाउथेमा सञ्चालित सुनील फ्रेस हाउसले बिनादर्ता सञ्चालन भएको पाएपछि बन्द गराइएको सदस्य सचिव कार्कीले जानकारी दिए । चाडपर्वमा म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने, बढी मूल्य लिने र बिनाइजाजत पसल सञ्चालन गर्ने गरेको गुनासो आउने गरेको उनको भनाइ थियो । खसी व्यवसायी अशोक श्रेष्ठले सरकारले तोकेभन्दा बढी नाफा नलिएको बताए ।
पोखरा महानगर पशु सेवा कार्यालयमा ५ सय फे्स हाउस दर्ता रहेको र १४ सय बढी बिना दर्ता सञ्चालन भइरहेको कार्यालयका प्रमुख नवराज अधिकारीले बताए । पोखरामा खसी बोका बिक्रीका लागि एउटा स्थानमा व्यवस्थित गरिए पनि अहिले बजार अव्यवस्थित बन्दै गएको व्यवसायी ज्ञानबहादुर श्रेष्ठले बताए ।
अनुगमन टोलीमा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, पोखरा १४ का अध्यक्ष प्रेमबहादुर कार्की, जिल्ला प्रशासन कार्यालय कास्कीका ध्रुवसिंह खडका, वडा सदस्य ढोलबहादुर गुरुङ, महानगर पशु शाखा प्रमुख नवराज अधिकारी, महानगर सहकारी तथा उद्योग वाणिज्य शाखाका अर्जुन न्यौपाने, महानगर उपभोक्ता हित संरक्षण समिति सदस्य सचिव अनील कार्की, रामबजार प्रहरी कार्यालयका सनम कुमाल लगायत थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
hero news full width
मुख्य समाचार
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१