प्रधानमन्त्री देउवा आज पोखरा आउँदै, यस्ताे छ कार्यतालिका

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७८
Sherbahadur-deuba-1

पोखरा । गण्डकी प्रदेशलाई आज आइतबार साक्षर प्रदेश घोषणा गरिंदैछ । प्रदेशका ८५ पालिका र ११ वटै जिल्ला साक्षर घोषणा गरिसकेकाले
अब प्रदेशलाई नै साक्षर प्रदेश घोषणा गर्ने तयारी प्रदेश सरकारको छ ।

यसका लागि प्रधानमन्त्री शेरबहादुर आजै देउवा पोखरा आउँदै छन् । प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे पोखरा नयाँबजारस्थित प्रदेश
संग्रहालयमा निर्मित साक्षरता स्तम्भ अनावरण गर्ने कार्यक्रम छ । त्यसपछि ११ बजे पोखरा सभागृहमा हुने गण्डकी प्रदेश साक्षर घोषणा मूल समारोहमा
सरिक हुने कार्यक्रम तय भएको छ ।

सो कार्यक्रमपछि राष्ट्र बैंक गेस्ट हाउसमा खानापछि दिउँसो ३ बजे पोखरा १७, ग्यालेक्सी बैंक्युटमा हुने शुभकामना आदानप्रदान कार्यक्रममा सरिक भइ
साँझ राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्ता भेटघाट हुनेछ ।

भोलि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, गण्डकी प्रदेश समितिद्वारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको…
  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width