मेयर मानबहादुर जिसी पोखरा फर्के

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७८
mayor~

पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा फर्केको उनका प्रेस संयोजक माधवप्रसाद बरालले जानकारी दिए ।

गत साउन १ मा मस्तिष्तघात भई उपचारार्थ काठमाडौं लगिएका मेयर जिसीको न्युरो सर्जन अस्पताल बाँसबारी काठमाडौंमा अप्रेसन गरिएको थियो । अप्रेसनपछि काठमाडौंमै छोरीज्वाइँको घरमा आराम गरिरहेका थिए ।

उनको स्वास्थ्यमा सुधार आएको तर अझै केही समय फिजियोथेरापी गरिरहनुपर्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width