पोखरा । ओम्नी अटोमोबाइल्सले नयाँ विशेषतासहित स्वराज ९६३ फोर ह्बिलर ड्राइभ ट्याक्टर सार्वजनिक गरेको छ । यो ट्याक्टर सबैभन्दा नयाँ र सुलभ भएको कम्पनीले जनाएको छ ।
स्वराज ट्याक्टरका अन्तर्राष्ट्रिय विजनेसका जनरल म्यानेजर, ओम्नी अटोमोबाइलका प्रबन्ध निर्देशक सन्दीप मेहताले सो ट्याक्टर शुक्रबार सार्वजनिक गरे । पहाडका लागि उपयुक्त मानिएको स्वराज ९६३ फोर व्हिलर ड्राइभ नयाँ र शक्तिशाली टर्कमा उपलब्ध रहेको स्वराजका सर्भिस म्यानेजर अभयकान्त मिश्राले जानकारी दिए ।
आफ्ना स्तरमा सबैभन्दा कम इन्जिन रेडम आइपिएम, हाई, मिडियम र लो सिंक्रोमेस ट्रान्समिसनको फिचर रहेको मिश्राले बताए । न्यूनतम ५ किमी प्रतिघन्टाको क्रिप स्पिड, १२ पिटिओ, स्पिड, मल्टी स्पिड साथै रिवभर्स पिटिओ, ८ फर्वर्ड र २ रिवर्स पिटिओको फिचरमा ट्याक्टर बजारमा उपलब्ध हुनेछन् । २ हजार २ सम्म उठाउन सक्ने हाईड्रोलिक, ठूलो र चौडा फ्रन्ट टायर यसका विषेशता हुन् । स्वराजको आफ्नै प्लान्टबाट बनेको यसमा सबै गरेर १५ वटा गियर छन् । ग्राउण्ड क्लियरेन्स बढी भएको यसमा क्लज प्लेट १२ इन्चको रहेको छ । ट्याक्टरमा सिंगल पिस बोनेटसहित ठूलो प्लेटफर्म भएकाले खुट्टा राख्न सहज हुनेछ । यो ट्याक्टरको नयाँ फिचरले गर्दा डोजर र लोडर पनि जडान गर्न सकिने मिश्राले बताए ।
स्वाराजले सन् १९७४ देखि ट्रयाक्टर बनाउँदै आएको छ । नेपालमा ३ दशकदेखि व्यापार गरिरहेको यो कम्पनीले २६ हजार बढी ग्राहकलाई सेवा दिएको दाबी छ । नेपालमा स्वाराज ट्रयाक्टरका ७ वितरक छन् ।
ट्याक्टर सार्वजनिक भएपछि ओम्नीले दसैंतिहारमा खरिद गर्नेहरुका लागि अफर पनि ल्याएको छ । ५ लाखसम्मको दुर्घटना बिमा, टिभी र फ्रिज स्युअर सट पुरस्कार रहेको प्रबन्ध निर्देशक सन्दीप मेहताले जानकारी दिए । लक्की ड्र बाट बम्पर उपहारस्वरुप मोटरसाइकल पनि रहेको उनले बताए । नेपालकै इतिहासमा ६ वर्षको वारेन्टी दिएको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
पोखराबाट अथर स्कुटरको बिक्री सुरु
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
hero news full width
मुख्य समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
चैत्र १५, २०८०गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०