सहकारीबाट समाजवादी व्यवस्थामा जोड

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७८
hamro sahakari~

पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङले सहकारीले समाजवादी व्यवस्था ल्याउन भूमिका खेल्नुपर्ने बताएकी छन् ।
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले दसैंं, तिहार, नेपाल संम्वत तथा छठ अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सो कुरा बताएकी हुन् ।
उनले पुँजी निर्माणसँगै उत्पादनमा जोड दिएर सहकारीले समाजवादी व्यवस्था ल्याउन भूमिका खेल्न सक्ने बताइन् । कास्कीलाई चाँडै १८ वर्ष माथिकाको पूर्ण खोप जिल्ला बनाइने उनको उद्घोष थियो। सोही अभियानअन्तर्गत हाल कास्कीमा १८ वर्ष माथिकालाई खोप लगाइरहेको उनले जानकारी दिइन् ।
कार्यक्रममा नवआगन्तुक शेयर सदस्यहरुलाई स्वागत गर्दै शेयर प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै हालसालै मात्र जागिरबाट अवकास पाएका कर्मचारीलाई सम्मानसहित बिदाइ गरियो ।
सहकारी अध्यक्ष शुक्रराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्री कोइराला, सहकारीका संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ, निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, सल्लाहकार राधिका शाही योगी, नवीनकिरण भुषाल, रिलाइन्स फाइनान्सका प्रबन्धक प्रकाश पौडेल, सहकारीका उपाध्यक्ष सुवास ढुंगाना, सचिव लोकेन्द्रकुमार राईलगायतले बोलेका थिए ।
सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथलाई स्वास्थ्य उपकरण, महानगर विपद् व्यवस्थापन कोषमा २५ हजार, सहकारीका सम्पूर्ण शेयर सदस्यलाई निशुल्क कोरोना बिमा, विभिन्न सार्वजनिक ठाउँमा निशुल्क मास्क वितरणलगायत काम गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…

hero news full width