तेक्वान्दो संघको शुभकामना तथा सम्मान

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७८
Taekwondo Photo

पोखरा । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश र कास्की जिल्ला समितिले दसैंतिहार, नेपाल संवत्, छठ लगायत पर्वको अवसरमा बिहीबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । साथै संघको केन्द्रीय समितिका पदाधिकारीलाई बधाई तथा खेलाडी सम्मानसमेत गरियो ।
१० औं कोरियन एम्बेस्डर खुला पुम्से राष्ट्रिय तेक्वान्दोको यु–११ विधामा स्वण विजेता पोखरा अब्स्ल्युट डोजाङका खेलाडी गुनमाया गुरुङ र सुवन गुरुङलाई जनही ५ हजारसहित सम्मान गरिएको हो । उनीहरु कोरियामा हुने यु–११ इभेन्टमा अन्तर्राष्ट्रिय भर्चुअल पुम्सेका लागि छनोटसमेत भएका छन् । यस्तै प्रशिक्षक अब्स्ल्युट डोजाङ प्रमुख तथा कास्की तेक्वान्दो सदस्य रेखमाया गुरुङलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् सदस्यसचिव तेजबहादुर गुरुङले खेल क्षेत्रभित्र नकारात्मक टीकाटिप्पणी उठिरहेको बताए । हरेक कुरा सकारात्मक भएर सोचेमात्रै समाजसँगै खेलकुदको विकास अघि बढ्ने उनको भनाइ छ । उनले प्रदेश खेलकुदले प्रदेशका ११ वटै जिल्लामा ‘ट्यालेन्ट हन्ट’ कार्यक्रममार्फत प्रतिभावान खेलाडीहरुको खोजी गरिने बताए । उनले प्रदेश खेलकुदले चाँडै स्वयंसेवी प्रशिक्षक उत्पादन सुरु गर्न लागेको जनाए ।
तेक्वान्दो संघ गण्डकी अध्यक्ष जगनबहादुर गुरुङले खेलकुदले नै समाजमा सभ्य नागरिक उत्पादन गर्न सक्ने बताए । उनले तेक्वान्दो खेल क्षेत्रमा अरुभन्दा सफल भए पनि राज्यले कुनै सहयोग नगरेकोमा चिन्ता व्यक्त गरे । चौथो महाधिवेशनबाट सात वटै प्रदेश र ५८ जिल्लाबाट प्रतिनिधि सहभागी भएको बताउँदै उनले उक्त अधिवेशन रोक्न चलखेल समेत भएकोमा दुःख व्यक्त गरे ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् सदस्य योगेन्द्र शेरचन, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बानियाँ, तेक्वान्दो संघ गण्डकी महासचिव रमेश पौडेल, कास्की जिल्ला तेक्वान्दो संघ अध्यक्ष कुमार गुरुङ, सचिव दीपेन्द्र पहारी, सम्मानित प्रशिक्षक रेखमाया गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width