स्पोट्र्स क्यासल फाइनलमा

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७८
futsal

पोखरा । घरेलु टोली स्पोट्र्स क्यासलले राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरिएको छ । क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ गोलअन्तरले हराउँदै जीत हात पारेको हो । खेल सुरुवातमा क्यासले २ गोलको अग्रता लिए पनि जीत हात पार्न भने निकै हम्मे पर्‍यो । क्यासललाई फाइनलमा पुर्‍याउन सुमित श्रेष्ठ (मेस्सी) नायक बने । खेलको चौथो मिनेटमा किशोर गुरुङले गोल गर्दै क्यासललाई अग्रता दिलाए । छैटौं मिनेटमा विजय गुरुङले गोल गर्दै अग्रता दोब्बर पारे । राइजिङले नवौं मिनेटमा हेमन्त थापाको गोलमा खेलमा फर्कने आशा दिलाए । १२ औं मिनेटमा मिलन राईले बराबरी गोल फर्काए । १३ औं मिनेटमा सुदीप गुरुङले गोल गर्दै राइजिङलाई अग्रता दिलाए । २३ औं मिनेटमा हेमन्तले पनि व्यक्तिगत दोस्रो गोल गर्दै राइजिङलाई ४–२ को स्थितिमा पुर्‍याए ।
२८ औं मिनेटमा किशोरले व्यक्तिगत दोस्रो गोल गर्दै क्यासललाई अग्रता घटाउन मद्दत गरे । २८ औं मिनेटमा सुमितले पनि व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै, ३१ औं मिनेटमा राइजिङका मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीका लागि चौथो गोल गर्दा ३२ औं मिनेटमा सुदीपले पनि व्यक्तिगत दोस्रो गोलमा टोलीलाई ६–४ को स्थितिमा लगे । दबाबमा परेको क्यासलका लागि ३४ औं मिनेटमा सुमितले गोल गरे । उनले ४० औं मिनेटमा ह्याट्रिक पूरा गर्दै टोलीलाई खेलमा फर्काए । ४० औं मिनेटमा क्यासलका किशोरले पनि ह्याट्रिक पूरा गर्दै खेल बराबरीमा ल्याए । यस अघि ३९ औं मिनेटमा सुरज गुरुङले क्यासलका लागि गोल गरे ।
क्यासल लिग तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको थियो । यस्तै राइजिङ दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको थियो । सविन मेमोरियल शंखमुलसँग ३–२ को हार व्यहोर्दै प्ले अफबाट बाहिरिएको छ । अब शंखमुलले फाइनल प्रवेशका लागि द राइजिङ क्लबसँग खेल्ने छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width