Worldlink ads

लक्ष्मी विद्यापदकबाट विद्यार्थी सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७८
pcci laxmi bidhaya padak

पोखरा । नेपालको औद्योगिक घरान लक्ष्मी हाउसबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा सञ्चालित लक्ष्मी विद्यापदक २०७८ बाट विद्यार्थीहरु सम्मानित भएका छन् ।
पोउवा संघको ६७ औं साधारण सभाको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालयअन्तर्गत वाणिज्य शास्त्रतर्फ स्नातकोत्तर (एमबिएस) मा उत्कृष्ट अंक ल्याउने पृथ्वीनारायण क्याम्पसका अनिल पौडेल, स्नातक (बिबिएस) तर्फ उत्कृष्ट अंक ल्याउने कन्या क्याम्पस पोखराकी ममता शाह तथा स्नातक (बिबिए) तर्फ उत्कृष्ट अंक ल्याउने पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा कलेज अफ म्यानेजमेन्टकी बिनु श्रेष्ठलाई नगद र पदकबाट सम्मानित गरिएको हो ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उनीहरुलाई सम्मानित गरे । अनिलले ५९.५० प्रतिशत, ममताले ७१.८० प्रतिशत र बिनुले ३.९९ सिजिपिए ल्याउँदै पदक प्राप्त गरेका हुन् । अनिलले नगद २५ हजार तथा ममता र बिनुले नगद १५/१५ हजार रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरेको प्रतिभा छनौट समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । लक्ष्मी हाउसका निर्देशक सुनिल श्रेष्ठका अनुसार २०५६ सालबाट हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मानित गरिँदै आइएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads