सुनको महल सार्वजनिक

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७८
sunko mahal (3)

पोखरा । गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ सुगम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित कलाकारद्वय केकी अधिकारी र नीर शाहसहित दीपेन्द्र बुढा ठकुरीको समेत अभिनय रहेको म्युजिक भिडियोको निर्देशन गायक तथा संगीतकार अर्जुन थापाले गरेका हुन् ।
दीपेन्द्र बुढा ठकुरीले गीत आफ्नो वास्तविक जीवनसँग नजिक रहेको बताए । आफ्नो जीवनमा मात्र नभई यो गीत अन्यको जीवनसँग पनि मेल खाने बताउँदै पोखरामा भिडियो सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । ठकुरीले यो गीतपछि अर्काे भाग पनि आउने बताउँदै गीत संगीतप्रतिको झुकाव सानैदेखि रहेको र अहिले आएर त्यो सपना पूरा गर्न पाएको उल्लेख गरे । उनले दर्शक स्रोताको माया पाउने विश्वास व्यक्त गरे ।
नायिका केकी अधिकारीले यो टिमसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै कलाकार ठकुरीलाई आफ्नो सपनाको गोरेटोमा हिँड्नु भएको र यसलाई निरन्तरता दिएर गीत संगीतको क्षेत्रमा योगदान दिन आग्रह गरिन् । कार्यक्रममा अधिकारी स्वास्थ्य समस्याका कारण भर्चुअल माध्यमबाट जोडिएकी थिइन् ।
निर्देशक अर्जुन थापाले कथाअनुसारको कलाकार छनोट गरी भिडियो राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए । थापाले डिएमबिएस फिल्मस्सँग मिलेर यसै गीतको भाग २ निकाल्ने तयारीमा रहेको र आगामी दिनमा नेपाली चलचित्र बनाउने योजनासमेत सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width