आयआर्जनका लागि बाख्रापालन

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७८
Saptarangi Pic

वालिङ । मासुका लागि खसी बोका उत्पादन तथा नश्ल सुधार उपआयोजना कार्यान्वयनसम्बन्धी सार्वजनिक सुनुवाइ भएको छ ।
सप्तरंगी कृषि सहकारी संस्था वालिङ र नेपाल लाइभ स्टक सेक्टर इनोभेसन विकेन्द्रित आयोजना सहयोग इकाइ कार्यालय पोखराको पूरक अनुदानमा सञ्चालित कार्यक्रमबारे जानकारी दिने उद्देश्यले सरोकारवालाको भेला गरी सार्वजनिक सुनुवाइ गरिएको हो ।
बाख्रापालन गर्न इच्छुक २३ जना किसानलाई कुल ३ सय ५० वटा बाख्रा वितरण गर्ने, खोर निर्माण गर्ने, घाँस रोप्ने, बाख्रापालनका लागि आवश्यक प्राविधिक तथा अन्य तालिम प्रदान गर्ने, औषधि तथा उपकरणहरु सहयोग गर्ने उपआयोजनाको उद्देश्य रहेको छ ।
कुल १ करोड ७४ लाख ७७ हजार लागतमा सम्पन्न हुने उक्त आयोजनामा पहिलो चरणमा ३५ लाख २४ हजार, दोस्रो चरणमा ५२ लाख ३० हजार र तेस्रो चरणमा ८७ लाख २३ हजार लगानी गर्ने संस्थाले जनाएको छ ।
उपआयोजना अन्तर्गत आगामी असारसम्ममा ३ चरणमा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
कार्यक्रममा वालिङ नगरपालिका पशु विकास शाखाका प्रमुख डा. वसन्तकुमार अधिकारीले यो उपआयोजनाको कार्यान्वयनसँगै वालिङलाई मासुमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले यहाँका किसानको आयस्तर उकास्न यो परियोजना सहयोगी हुने धारणा राखे ।
संस्थाका अध्यक्ष ताराप्रसाद भुसालका अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष यामकान्त गैह्रे, सञ्चालन सचिव कमल गैह्रेले गरेका थिए । कार्यक्रमका सहजकर्ता नन्दकुमार ओली थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width