घरेलु टोली प्लेअफमा

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७८
futsal 19

पोखरा । घरेलु टोली सविन मेमोरियल राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको प्ले अफमा प्रवेश गरेको छ । मंगलबार लिग चरणको अन्तिम खेलमा सविनले शंखमुललाई ३–१ गोलअन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो ।
२० औं मिनेटमा समीर प्रधानले गोल गर्दै सविनलई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० ले अघि रहेको सविनले दोस्रो हाफमा थप २ गोल गर्दै जीत हासिल गरेको हो । २४ औं मिनेटमा मनिष क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर पार्दा २५ औं मिनेटमा शंखमुलका सुशान श्रेष्ठले गोल गर्दै २–१ को स्थिति बनाएका थिए । अन्ततः ३४ औ मिनेटमा सुनिल विकले गोल गर्दै जित निश्चित गरे ।
सविन ९ खेलबाट १६ अंकका साथ तालिकाको चौथो स्थानमा रहन सफल रह्यो । उसले ५ जीत, ३ हार र १ बराबरी खेलेको छ ।
हार व्यहोरेको शंखमुल पनि तालिकाको तेस्रो स्थानमा छ । शंखमुललाई हारले दोस्रो स्थानमा उक्लिनबाट रोके पनि प्लेअफका लागि कुनै असर गरेन ।
दिनको पहिलो खेलमा प्रभातफेरीले फुटसल ५ धरानलाई ६–२ गोल अन्तरले पाखा लगायो । प्रभातफेरीको जीतमा डोना थापा र धीरज जोशीले २/२ तथा शन्तलाल गुरुङ र विवेक सारुमगरले १–१ गोल गरे । म्यान अफ दि म्याच प्रभातफेरीका आशीष डंगेल घोषित भए ।
प्रभातफेरी ९ खेलबाट १० अंकसहित लिग चरणबाट बाहिरिएको छ । उसले ३ मा जीत, ५ मा हार र १ मा बराबरी खेलेको थियो । समान खेल खेलको फुटसल ५ धरानको भने १४ अंक रहेको छ । धरानले ४ खेलमा जीत, ३ मा हार र १ खेल बराबरी खेलेको थियो ।
अर्को खेलमा ढुकु फुटसल हबले झरना स्पोट्र्स क्लबलाई ५–३ गोल अन्तरले हरायो । योसँगै ढुकुको ९ खेलबाट १३ अंक रहे पनि लिग चरणबाट बाहिरियो । उसले ४ खेलमा जीत, ४ खेलमा हार र १ खेल बराबरी खेलको थियो । ढुकुको जीतमा सुमन तामाङ, दावा दुक्पा शेर्पा, अमित लामा, प्रसिद्ध मगर र उर्केन शेर्पाले गोल गरे । झरनाका लागि गंगा गुरुङ, प्रवेश खनाल क्षेत्री र अमित गुरुङले गोल गरे । म्यान अफ दि म्याच अमित लामा घोषित भए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width