ओलीमा विचलन आएपछि विद्रोह : श्रेष्ठ

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७८
nabalpur st

नवलपुर । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले केपी ओलीमा विचलन आएपछि पार्टीभित्र विद्रोह भएर नयाँ कम्युनिष्ट पार्टी पुनर्गठन गरेको बताएका छन् ।
सोमबार नवलपुर जिल्ला पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पत्रकारसँग बोल्दै श्रेष्ठले ओली आफू नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए पनि महाधिवेशनले पारित गरेका नीतिविपरीत चलेपछि विद्रोह गर्नु परेको बताए ।
उनले तत्काल कुनै पनि पार्टीसँग पार्टी एकता नहुने तर चुनावसम्म यही ५ दलीय गठबन्धन कायम रहने र साझा उमेद्वार बनाएर निर्वाचनमा जाने बताए । उनले भने, ‘हामीलाई प्रचण्डसँग पार्टी एकता गर्न पार्टी विभाजन गरेको आरोप पनि लाग्ने गरेको छ तर हामी जनताको पार्टी बनाउन पार्टी पुनर्गठन गरेका हौं । त्यसैले हाम्रो पार्टीलाई जनतामाझ लान्छौं र सबैभन्दा ठूलो पार्टी बनाउँछौं ।’
उनले २/३ दिनभित्र मन्त्रालय भागबण्डाको कुरा मिलेपछि सरकारले पूर्णता पाउने पनि बताए ।
कार्यक्रम पार्टीका नवलपुर अध्यक्ष शालिकराम भट्टराईको अध्यक्षतामा भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width