सोमबार सबैभन्दा बढी कोरोना संक्रमित देखिनेमा कास्की दोस्रो

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७८
Corona Banner

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९ सय ८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार जना निको भएका छन् ।

याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ४ पुगेको छ । तीमध्ये ११ हजार १ सय ७४ जनाको मृत्यु भएको छ भने ७ लाख ७० हजार २ सय २४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ६ छन् । जसमध्ये १५ हजार ५ सय ३४ जना होम आइसोलेसनमा छन् भने १ हजार १ सय ५२ जना संस्थागत आइसोलेसनमा छन् ।

१० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६३ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २ सय २६, कास्कीमा ८७, ललितपुरमा ६२, झापामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width