गोरखा कांंग्रेस सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत

आदर्श समाज संवाददाता
असाेज १८, २०७८
Congress Gorkha Nanda Photo

पोखरा । नेपाली कांग्रेसको गोरखा जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।
सभापतिमा अरुको उम्मेदवारी नपरेपछि गोरखाको आरुघाट गाउँपालिका मान्वु घर भएका ४३ वर्षीय न्यौपाने सर्वसम्मत भएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत न्यौपाने पहिलो जिल्ला सभापति बनेको नेपाली कांग्रेस गोरखाले जनाएको छ ।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका नन्दप्रसाद न्यौपाने यस अघि कांग्रेस गोरखाको जिल्ला कार्य समिति सचिव थिए । अन्य पदमा भने सहमति हुन नसकेपछि चुनाव हुने सम्भावना रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width