नेपालमा थप ८६७ जनामा कोरोना संक्रमण

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७८
Corona Banner

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ हजार २ सय १९ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १७ हजार ६ सय ४२ जना पुगेको छ । सो अवधिमा १ हजार  १ सय २३ सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६७ हजार ८ सय १९ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.४ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको मत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १ सय ५७ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३ सय ५० सघन उपचारकक्ष (आइसीयू), १ सय १२ भेन्टिलेटर, १६ हजार ३ सय ७१ होम आइसोलेशन, १ हजार २ सय ७१ संस्थागत आइसोलेशन र २ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् ।

८३ हजार ३ सय ७३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा ७ लाख ९६ हजार ६ सय १८ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९१ हजार ९ सय २९ एन्टिजेन विधिमा कारेरोना देखिएको मन्त्रालयको तथ्याङ्कम उल्लेख छ।

Related News

सम्बन्धित समाचार

hero news full width