चौथो अभियान पुरुष भलिबल प्रतियोगिता

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७८
sprots abhiyan edited

पोखरा । अभियान युवा क्लबको आयोजनामा चौथो अभियान भलिबल प्रतियोगिता कात्तिक दोस्रो साता हुने भएको छ । कात्तिक ११ देखि १३ सम्म संघसंस्था तथा क्लबस्तरीय उक्त भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहने क्लब अध्यक्ष एवं प्रतियोगिता संयोजक राजु गिरीले बताए । उनका अनुसार टिम दर्ताका लागि पहिला आउनेलाई प्राथमिकता अनुसार दर्ता गरिनेछ ।
युवाहरुलाई खेलकुदप्रति आकर्षण गर्न प्रतियोगितालाई नियमित गरिएको उनले बताए । विजेता टिमले ५५ हजार ५ सय ५५, उपविजेताले २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखरा ५, मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा राष्ट्रिय तथा प्रदेशस्तरीय खेल खेलेका खेलाडी सहभागी हुन नपाउने आयोजकले जनाएको छ । डेढ दशकदेखि क्लबले विभिन्न सामाजिक कार्य वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगायतका कार्य गर्दै आएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width