पोखरामा फुटसल जारी

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७८
futsal 14

पोखरा । राष्ट्रिय ‘ए’ डिभिजन लिग फुटसल प्रतियोगिताअन्तर्गत बिहीबार धरान डर्बीको खेलमा फुटसल ५ विजयी भएको छ । खेलमा द राइजिङ क्लब धरानलाई फुटसल ५ धरानले ७–५ गोलअन्तरले हराएको हो ।
खेलको चौथो मिनेटमा राइजिङका सुदीप गुरुङले गोल गर्दै अग्रता दिलाए । उनले ८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । फुटसल ५ का विजय श्रेष्ठले १७ औं मिनेटमा गोल गर्दै अग्रता घटाए । उनले २० औं मिनेटमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे । २० औं मिनेटमा दोर्जे तामाङले गोल गरे । पहिलो हाफमा ३–२ को अग्रता लिएको राइजिङ दोस्रो हाफमा भने सम्हालिन सकेन । त्यसको ४ मिनेटभित्रै मिलन राईले गोल अग्रता दिलाए ।
उता, फुटसल ५ ले ४ मिनेटमा ५ गोल गर्दै जीत हात पा¥यो । फुटसल ५ का सरोज तामाङले २ मिनेटमा ह्याट्रिक गरे । रन्जित गुरुङले ३७ तथा प्रवेश जोशीले ३८ औं मिनेटमा गोल गरे । राइजिङका लागि २९ औं मिनेटमा हेमन्त थापा मगरले गोल गरे । खेलमा २ वटा रातो कार्ड समेत देखाइयो । राइजिङका कप्तान एवं गोलरक्षक सचिन श्रेष्ठले खेलको १९ औं मिनेटमा रातो कार्ड पाए भने फुटसल ५ का कप्तान सन्दीप कार्कीले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए ।
राइजिङका प्रशिक्षक युवेन्द्र गुरुङले रेफ्रीको सिकारमा आफूहरु सुरुदेखि नै परिरहेको प्रतिक्रिया दिए । उनले अनावश्यक रुपमा खेलाडीलाई कार्ड दिनु गलत रहेको बताए । फुटसल ५ का प्रशिक्षक विश्वास लामाले केहि निर्णबाट आफू पनि आक्रोशित भए पनि पछि आफूहरुलाई कारण बताएपछि चुप भएको प्रतिक्रिया दिए । उनले आगामी यात्रा निकै कठिन भएको जानकारी दिए ।
अर्को खेलमा लुम्बिनी फुटसललाई हराउँदै ढुकु फुटसल हव रेलिगेसनबाट जोगिएको छ । ढुकुले लुम्बिनीलाई ५–२ गोलअन्तरले हराउँदै जित हात पारेको हो । उसो जीतमा विक्रान्त नरसिंह रानार प्रसिद्धमगरले २–२ तथा अभय रानाले १ गोल गरे । जीतसँगै ढुकुको ७ खेलबाट ७ अंक रहेको छ ।
यसैबीच, बिहीबार द राइजिङ क्लब धरान र फुटसल ५ धरानको बिच खेल चलिरहँदा रेफ्रीले गलत निर्णय दिएको भन्दै विवाद भएको छ । पहिलो हाप सकिन लाग्दा राइजिङका गोलरक्षकलाई रातो कार्ड दिएपछि विवाद भएको हो । विवादका कारण करिब १० मिनेट बढी खेल रोकिएको थियो । १९ औं मिनेटमा विजय श्रेष्ठले लामो प्रहार गर्दा राइजिङका गोलरक्षक एवं कप्तान सचिन श्रेष्ठले जम्प गर्दै बल क्लियर गरेर ल्यान्ड गर्नेक्रममा धरानका रन्जित गुरुङलाई घुडाँले लागेपछि सिंधै रेडकार्ड दिए । यसअघि १८ औं मिनेटको खेल चलिरहँदा फुटसल ५ का कप्तान सन्दीप कार्कीले अचानक पहेंलो कार्ड पाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width