क्यासल, मछिन्द्र र शंखमुल विजयी

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७८
Futsal 13 gate Photo

पोखरा  । राष्ट्रिय ‘ए’ डिभिजन फुटसल प्रतियोगितामा घरेलु टोली स्पोर्टस् क्यासलले बुधबारको जीतसँगै शीर्षस्थान कायम राखेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहल (फुटसल कोर्ट) मा झरना स्पोट्र्स क्लबलाई ५–१ गोलअन्तरले हराउँदै शीर्षस्थान कायम राखेको हो ।
क्यासलको जीतमा खिमराज गुरुङले २ तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान १ गोल गरे । विजय गुरुङले खेलको पाँचौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै १४ औं मिनेटमा खिमराजले गोल थपे । १५ औं मिनेटमा विशोन गुरुङले गोल गर्दै अग्रता तेब्बर पारे । किशोर गुरुङले १६ औं र खिमराजले १८ औं मिनेटमा गोल थपे ।
दोस्रो हाफमा क्यासललाई गोल गर्नबाट रोक्दै झरनाका लागि नारायण थापामगरले २९ औं मिनेटमा गोल गरे । कुल ६ खेल खेलेको क्यासलको १६ अंक छ । समान खेल खेलको झरना अंकविहीन हुँदै लिग तालिकाको पुछारमा छ ।
बुधवारको पहिलो खेलमा शंखमुल फुटसल लुम्बिनी फुटसललाई ३–२ गोलअन्तरले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शंखमुलले ६ खेलबाट १४ अंक जोडेको छ । उसले दिनको खेलमा सुरुवातदेखि नै लुम्बिनीलाई दबाबमा राख्यो । शंखमुलका विवेक पण्डितले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसको १ मिनेटमै लुम्बिनीका लागि रुपेन बराइलीले बराबरी गोल फर्काए । १३ औं मिनेटमा क्रिजल खड्काले गोल गर्दै अग्रता लिए । ३० औं मिनेटमा सागर तेन्जेले गोल थपे ४० औं मिनेटमा लुम्बिनीका रेफी महर्जनले गोल गरे पनि जीतका लागि पर्याप्त भएन । लुम्बिनीको ६ खेलबाट ४ अंक छ ।
बुधबारको अन्तिम खेलमा मछिन्द्र स्काइ गोल्सले प्रभातफेरी युथ क्लबलाई ४–३ गोलअन्तरले हराउँदै तालिकाको छैटौं स्थान यथावत राखेको छ । प्रभातफेरी तालिकाको ८ औं स्थानमा छ । ढुकु फुटसल हब ७ औं स्थानमा छ भने लुम्बिनी फुटसल नवौं स्थानमै सीमित छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width