खलङ्गा । जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएको सो गाउँपालिकाका स्थानीयवासी रामप्रकाश विकले बताउनुभयो ।
सो गाउँपालिका– ४ स्थित सामुदायिक वनअन्तर्गत चिमारा लेक नजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका नानो भण्डारीका १० भेडा मरेको दुई घाइते, मुनबहादुर भण्डारीका चार मृत्यु दुई घाइते, मुणिप्रसाद अधिकारीका १७ मरेको सात घाइते र देवीप्रसाद अधिकारीको नौ मृत्यु, चार घाइते भएको इलाका प्रहरी कर्यालय गुठीचौरका इञ्चार्ज कमल श्रेष्ठले बताउनुभयो । चट्याङ लागेर भेडाबाख्रा मरेपछि करिब ६ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुख्र्यौली पेशालाई नै निकै प्रभावित बनाएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्षेत्रको अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो ।” भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल गरेर मात्र राहतको कुरा अघि बढ्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत गिरीले बताउनुभयो ।
भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुश्किल पर्ने गुठीचौर गाउँपालिकाका स्थानीयवासी बताउँछन् । ठूलो मात्रमा क्षति भएपछि भेडापालक किसानले राहतको माग गरेका छन् । जुम्लामा विसं २०७० मा निरन्तर परेको असिनापानी र हावाहुरीले करिब ७०० भेडाबाख्रा मरेका थिए भने विसं २०७७ मा ५०० भेडा मरेको तथ्याङ्क रहेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
वडा १२ मा डेंगु सम्बन्धी सचेतना र र्याली
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१