Worldlink ads

३ सयले घट्यो सुनको मूल्य

रासस
असाेज १२, २०७८
gold price down

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार तोकिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन सोमबार प्रतितोला रु ८८ हजार ८५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १५५ तोकिएको छ ।

अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

    • छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      रामपुर । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले…
    • मनकामना केबुलकार सञ्चालनमा   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द…
    • लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      गलकोट । अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्षअगाडिसम्म पर्वतको कुश्मा…
    • तनहुँ जलविद्युत् आयोजनाको काममा तिव्रता   

      आदर्श समाज सम्वाददाता असाेज २९, २०७८
      दमौली ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । आयोजनाको तीन वटै…
    • ‘सामूहिक लगानीमा व्यवसाय गर्नुस्’

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । दसैं र तिहारको उपलक्ष्यमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा पोखरा चेम्बरअन्तर्गत…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग