आँधीदोभानमा ८ स्टिमरमा क्षति

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७८
stimer

स्याङ्जा । कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका ८ वटा स्टिमर पुरिएको छ । कालीगण्डकी जल यातायात प्रालिअन्तर्गत सञ्चालित ती स्टिमर गए राति झरेको पहिराका कारण पुरिएको अध्यक्ष डोलराज भट्टराईले जानकारी दिए । कोरोना र वर्षात्का कारण स्टिमर सेवा बन्द थिए ।
आज–भोलिमै स्टिमर सञ्चालन गर्ने भनी सरसफाइ र मर्मतको तयारी पूरा भएको अवस्थामा गए राति झरेको पहिराले स्टिमर पुरेको उनको भनाइ छ । पहिरो झरेर लाखौं मूल्य बराबरको स्टिमर पूर्ण क्षति बनाएको उनले बताए ।
कालीगण्डकी ए विद्युत् उत्पादनका लागि निर्मित कृत्रिम तालमा स्टिर सञ्चालन गरिँदै आएको थियो । यहाँ साना र ठूला गरी १० वटा स्टिमरसहित २ वटा माउन्ट मकालु नामक पानीजहाज छन् । जलयातायात सेवा स्याङ्जा, पर्वत र गुल्मीमा केही वडाबासीको भरपर्दो, छिटो छरितो र सहज मार्ग हो ।

Related News

सम्बन्धित समाचार

hero news full width