स्याङ्जाका १० पालिकामा मतदानबाट सभापति चयन

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७८
congress~syangja 2

स्याङ्जाका ११ पालिकामा निर्वाचित सभापतिहरु ।

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका ११ वटै पालिकाको नतिजा सार्वजनिक भएको छ । चापाकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो भने अन्य १० पालिकामा मतदान भएको थियो ।
५ नगरपालिका र ६ गाउँपालिकामध्ये वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाको नतिजा प्रतिस्पर्धी उम्मेदवार र मतदाता संख्या बढी रहेकाले ढिलो भएको बतायएको छ । अधिवेशनको औपचारिक उद्घाटन भने शनिबार नै भएको थियो ।
पुतलीबजार नगरपालिकामा सुरजकुमार अधिकारी २ सय ३२ मतका साथ निर्वाचित भए भने उनका प्रतिस्पर्धी बिक्रान्तकुमार (सुवर्ण) श्रेष्ठले १ सय ८ मत ल्याएका थिए । भीरकोट नगरपालिकामा १ मतको अन्तरले यामप्रसाद अधिकारी (लक्ष्मण) निर्वाचित भए । अधिकारीले १ सय मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दीपेन्द्र केसीले ९९ मत पाए ।
वालिङ नगर सभापतिमा नेत्रप्रसाद पाण्डे विजयी भए । उनले २ सय ४९ मत पाउँदा अर्का उम्मदेवार भुपराज बगालेले १ सय ९० मत पाए । कुल ४ सय ४७ जना मतदाता रहेको वालिङमा जम्मा ४ सय ४४ मत खसेको थियो ।
गल्याङ नगरपालिकामा १ सय ८२ मतका साथ श्यामप्रसाद बस्याल निर्वाचित भए । उनका प्रतिस्पर्धी हरि खनालले भने ६७ मत ल्याए । यसैगरी, फेदीखोला गाँउपालिकाको सभापतिमा महेन्द्र थापा निर्वाचित भए । थापाको ५२ मत पाउँदा उनका प्रतिस्पर्धी लालबहादुर अधिकारीले २५ मत पाए । आँधीखोला गाउँपालिकामा सभापतिका उम्मेदवार नरेन्द्र पौडेलले ६१ मत ल्याए भने उनका प्रतिस्पिर्धी नवीन ढकालले ४७ मत प्राप्त गरे ।
अर्जुनचौपारी गाँउपालिकामा विष्णु काफ्लेले ५८ मत पाउँदा उनका प्रतिस्पर्धी बद्री पौडेलले ३४ मत र फनिनारायण अर्यालले २० मत पाए ।
बिरुवा गाउँपालिकाको सभापतिमा डोलराज पोख्रेल निर्वाचित भएका छन् । पोख्रेलको ७० मत आउँदा उनका प्रतिस्पिर्धी युवराज केसीले ६३ मत प्राप्त गरेका थिए । हरिनास गाउँपालिकामा टोपबहादुर भुजेल (टोपा) निर्वाचित भएका हुन् । उनले ६१ मत ल्याउँदा प्रतिस्पर्धी विक्रमबहादुर चन्द (कृष्ण) को ५३ मत थियो ।
कालीगण्डकी गाउँपालिका सभापतिमा नरबहादुर राना ८१ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिस्पर्धी यामप्रसाद पाण्डेले ६९ मत पाए ।
योसँगै स्याङ्जा जिल्लाभरको नगर/गाउँ अधिवेशन शान्त वातावरणमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले जानकारी दिए । जिल्लाभर २ हजार २ सय ४७ मतदाता थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width