Worldlink ads

पोखरामा यात्रु सहायता कक्ष स्थापना

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७८
Traffice Photo

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय, कास्कीले चाडपर्वमा यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । पोखरा बसपार्क पृथ्वीचोक र बागलुङ बसपार्कमा सोमबार सहायता कक्ष स्थापनासँगै नमस्ते अभियान सुरु गरेको छ ।
चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले जानकारी दिए । उनले भने, ‘हामीले सदरमुकाम पोखराको २ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएका छौं । कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्न सक्छन् ।’ चाडपर्वका बेला सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायत कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको बस्नेतले बताए । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी खटाइएको छ ।
चाडपर्वहरुको अवसरमा नमस्ते अभियानसँगै देश विदेश तथा अन्यत्र स्थानबाट पोखरा केन्द्रित भई आवतजावत गर्ने सम्पूर्ण यात्रु तथा सर्वसाधारण लक्षित गरी गुनासो समाधान गर्ने उनको भनाइ थियो । चालकहरुलाई खाँदा एवं माला लगाई सवारी साधनमा नो हर्न अंकित स्टिकर पनि टाँसिएको थियो ।
साथै चाडपर्वको अवधिमा हुने सवारी दुर्घटना एवं कोभिड–१९ को संक्रमणलाई न्यूनीकरण गर्न यात्रुसँग १ मिनेट, पर्चा पम्लेट वितरण, स्टिकर टाँस्न, मास्क वितरण तथा जिंगल तथा माइकिङ कार्यक्रम गरिने ट्राफिक प्रमुख बस्नेतले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश थापासहित स्थानीय यातायात प्रालिका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    Recent Posts

    भर्खरै

    trending post

    ट्रेन्डिङ्ग