Worldlink ads

टिमुर खेती बिस्तारमा मन्त्री थापाको जोड

रासस
असाेज १२, २०७८
dipak thapa minister~2

पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले प्रदेशका सबै उच्च पहाडी क्षेत्रमा व्यनवसायिक टिमुर खेती बिस्तार गर्नुपर्नेमा जोड दिएका छन् । व्यावसायिक टिमुर खेतीले किसानलाई स्वरोजगार बनाउनुका साथै वैदेशिक मुद्रा आर्जनमा सहयोग पुग्ने उनले बताए ।
स्याङ्जाको पञ्चमुुलमा गरिएको व्यावसायिक टिमुर खेतीको अवलोकनपछि डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालयका अधिकारीहरुसँगको अन्तक्र्रियामा उनले सो कुरा बताएका हुन् । ‘हामीमा अझैसम्म पनि सानो सानो कृषि कर्मबाट मनग्ये आम्दानी हुन्छ भन्ने सोचको विकास हुन सकेको छैन,’ उनले भने, ‘नागरिकहरु टिमुर खेतीलाई सानो कामको रुपमा लिन्छन्, तर यसको व्यावसायिक खेती र निकासीले अर्थतन्त्रको विकासमा योगदान दिइरहेको हुन्छ ।’
पछिल्लो समय गण्डकी प्रदेशका केही किसानमा व्यावसायिक टिम्मुर खेतीप्रति केही आकर्षण बढेको देखिएको भन्दै उनले ११ सय देखि २५ सय मिटरसम्मका सबै भूगोलमा यो खेती गर्न सके वैदेशिक मुद्रा आर्जन पनि हुने उल्लेख गरे ।
डिभिजन वन कार्यालय स्याङ्जाले पञ्चमुलको थाप्ले क्षेत्रमा १० हेक्टर निजी जग्गामा करिब १५ हजार टिमुरका बिरुवा रोपेको छ । कार्यालयका सहायक वन अधिकृत वसन्तकेशव अधिकारीका अनुसार उक्त जग्गामा लगाइएकामध्ये ९५ प्रतिशत बिरुवा राम्रो देखिएका छन् । अबको ३ वर्षपछि ती बिरुवाले उत्पादन दिने उनले जानकारी दिए ।
विज्ञहरुका अनुसार १ हेक्टर जमिनमा करिब २ देखि ४ हजार केजी टिम्मुर फल्छ । नेपालमा यसको बजार मूल्य प्रतिकेजी २ देखि ३ सय रुपैयाँ रहेको छ ।
अन्तक्र्रियाका क्रममा डिभिजन वन कार्यालयका स्याङ्जाका प्रमुख तोयनाथ पौडेलले कार्यालयले जिल्लाका अन्य क्षेत्रमा टिमुर खेतीको लागि सम्भाव्यता अध्ययन गरिरहेको र कार्यालयले सम्पादन गरिरहेका कामहरुको बारेमा जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

    • व्यावसायिक पशुपालनमा अग्रणी ‘माछापुच्छ्रे गाउँपालिका’   

      आदर्श समाज सम्वाददाता असाेज ३०, २०७८
      कास्की ।  कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमूखी कृषि गर्दै आएका कृषकहरुले अहिले पशुपालनलाई नै…
    • आयआर्जनका लागि बाख्रापालन

      आदर्श समाज सम्वाददाता असाेज २०, २०७८
      वालिङ । मासुका लागि खसी बोका उत्पादन तथा नश्ल सुधार उपआयोजना कार्यान्वयनसम्बन्धी सार्वजनिक सुनुवाइ भएको छ । सप्तरंगी कृषि सहकारी…
    • केरा आयातमा रोक लगाउन माग

      रासस असाेज १८, २०७८
      चितवन । चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी…
    • किसानलाई पेन्सन

      रासस असाेज १८, २०७८
      जाजरकोट । पहिलो पटक चौरजहारी नगरपालिका रुकूमपश्चिमले कृषकलाई पेन्सन दिन लागेको छ । पेन्सन दिन कृषकबाट निवेदन सङ्कलन गरिएको छ…
    • औंसा झिंगाबारे निर्देशनालयको अनुसन्धान प्रतिवेदन सार्वजनिक

      आदर्श समाज सम्वाददाता असाेज १८, २०७८
      हेमजा । कृषि अनुसन्धान निर्देशनालय लुम्लेले तरकारीमा लाग्ने औंसा भिंmगा (झिंगौरा) को वयस्क भाले नियन्त्रणका लागि गरिएको अनुसन्धानकोे नतिजा सार्वजनिक…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग