श्रीराम र तारापति सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७८
shree~2

पोखरा । एकता बचत तथा ऋण सहकारी संस्थाले १० औं साधारणसभामा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
संस्थाले पत्रकारिता क्षेत्रबाट पत्रकार महासंघ कास्की सहसचिव श्रीराम सिग्देल र कलाकारिता क्षेत्रबाट तारापति सुवेदी सम्मान गरेको हो । यस्तै, सेयर सदस्यबाट पूर्णबहादुर थापा र टेकबहादुर खड्कालाई सम्मान गरियो । असल ऋणितर्फ देविमाया थापा, कर्मचारीतर्फ लक्ष्मी श्रेष्ठ र मनीषा पौडेललाई सम्मान गरिएको थियो ।
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी र गरिबी निवारण मत्री चन्द्रबहादुर बुढामगरले उनीहरुलाई सम्मान गरेका हुन् । उनले कोभिडले थला परेको अर्थतन्त्र माथि उकास्न प्रदेश सरकारले विभिन्न योजना ल्याउन लागेको बताए ।
सहकारी अध्यक्ष बालासिंह काउछाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नवराज सुवेदीले स्वागत तथा सचिव सुदर्शन पौडेलले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width