गण्डकी सरकारकाे निम्ताेमा १२ देशका राजदूत आज पाेखरा आउँदै

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७८
street festival

पोखरा । कोरोनाका कारण लामो समय थलिएको पोखराको पर्यटन क्षेत्र कसरी पहिलेकै अवस्थामा फर्काउनेबारे पर्यटन व्यवसायी चिन्तित छन् । कोरोना संक्रमणदर कम हुँदै जाँदा गत असोज १ देखि पूर्णरुपमा निषेधाज्ञा हटेपछि पर्यटन व्यवसायीले असोजमै सडक महोत्सव तयारी थालेका छन् ।

विगतमा अंग्रेजी नयाँ वर्ष अवसरमा हुँदै आएको सडक महोत्सवको झल्को दिने गरी रेन्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले असोज ११ गते मिनी सडक महोत्सव गर्ने जनाएको छ । सेप्टेम्बर २७ का दिन विश्व पर्यटन दिवस अवसरमा पारेर रेवानले सोमबार सो महोत्सव गर्ने जनाएको हो ।

रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले शनिबार आयोजित पत्रकार सम्मेलनमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘विश्व पर्यटन दिवस मिनी सडक महोत्सव–२०७८’ गर्न लागिएको जानकारी दिए । प्रशासनको स्वीकृति लिएर एक दिनमात्र भए पनि कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षामा मापदण्ड अपनाएर वाराहीचोकदेखि खहरेसम्म महोत्सव आयोजना गर्न लागिएको बताए । साँझ ५ देखि राति १० बजेसम्म हुने महोत्सवमा विविध कार्यक्रम हुने छन् ।
रेवान अध्यक्ष बरालले खोपको सहजता र निषेधाज्ञा खुला भएसँगै पर्यटनलाई चलायमान गराउन मिनी महोत्सवको आयोजना गरिएको प्रष्ट पारे । महोत्सवमा सांगीतिक व्यान्ड, नेवार समुदायको लाखे नाँच, पञ्चेबाजा, थारु समुदायको प्रचलित झुम्रा नृत्य, गन्धर्व समुदाय लगायतको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । साथै महोत्सव क्षेत्रभित्र रेवान सदस्यहरुले सञ्चालन गरेको रेष्टुरेन्टका स्वदेशी तथा अन्तर्राष्ट्रिय स्तरका स्वादिष्ट खानाका परिकारहरु पस्किने छ । साहसिक खेलकुद र पर्यटकीय पदयात्रासम्बन्धी आकर्षक वृत्तचित्र प्रदर्शनी पनि सो महोत्सवको केन्द्रबिन्दु रहेको आयोजकको भनाइ छ । वाराहीचोक र खहरेचोकमा २ वटा स्टेज निर्माण गरी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने रेवान अध्यक्ष बरालले जानकारी दिए ।

्मरहोत्सव क्षेत्रमा नो भेइकल जोन अवधारणालाई अंगिकार गरी भीडभाड व्यवस्थित गरेर महोत्सव गरिने आयोजकको दाबी छ ।

पोखरा घुम्न खुला छ भन्ने सन्देश प्रवाह गर्न आइतबार १२ देशका राजदूत आउँदै

पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाका कारण सुस्ताएको पर्यटनलाई अब चलायमान गराउन पर्यटक लक्षित गतिविधि आवश्यक रहेको जनाए । उनले पोखरा अब सुरक्षित र खुला छ भन्ने सन्देश दिन पनि महोत्सवले सघाउ पुर्‍याउने विश्वास लिए । भट्टराईले कोरोना महामारीले आक्रान्त भएको पर्यटन क्षेत्रलाई वित्तीय संस्थाले व्याजदर बढाएर थप पीडा दिएको भन्दै सिंगल डिजिटमै ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिए । नभए पर्यटन व्यवसायी विस्थापित हुने खतरा रहेको औंल्याए ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रबन्धक नवीन पोखरेलले पर्यटन दिवसका अवसरमा कूटनीतिक नियोगका पदाधिकारीको टोली पोखरा र आसपासको पदमार्गमा पुग्ने र यसले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिने बताए । उनले पोखरामा पर्यटक आकर्षित गर्ने धेरै कुरा रहेको उल्लेख गर्दै मिनी महोत्सव जस्ता कार्यक्रमले आन्तरिक पर्यटकलाई प्रर्वद्धन गर्ने बताए ।

रेवानका सचिव भीष्मराज पौडेलले आफूहरु पाहुनालाई सेवा दिन आतुर रहेको बताए । महोत्सवले पोखराको समग्र पर्यटन क्षेत्र चलायमान बनाउन सकारात्मक सन्देश दिने बताए ।
गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद् सहयोगी रहेको महोत्सवमा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक हो । महोत्सव उद्घाटन प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने कार्यक्रम छ । महोत्सव आयोजना गर्न करिब साढे ३ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

यसैबीच, पोखरामा आइतबार १२ देशका राजदूत तथा कुटनीतिक नियोगका प्रमुख एवं उच्च पदस्थ कर्मचारी आउँदै छन् । प्रदेश सरकारको पहलमा भएको कार्यक्रममा पाहुनालाई २ दिनसम्म यहाँका पर्यटकीय क्षेत्र घुमाउने तथा ‘पोखरा घुम्नका लागि अब सुरक्षित छ है’ भन्ने सन्देश प्रवाह गर्ने योजना छ ।

विश्वभर महामारीका रुपमा भित्रिएको कोरोनाका कारण नेपालकै प्रमुख पर्यटकीय सहर पोखराको पर्यटन क्षेत्र शिथिल बनेको छ । यस क्षेत्रका करिब ३० प्रतिशत पर्यटन व्यवसायीहरु कोरोनाकै कारण विस्थापित हुनु परेको र अधिकांश मजदुर वैकल्पिक पेसा रोज्न बाध्य भएको पर्यटन व्यवसायीको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार…

hero news full width