२४ घण्टामा ९ सय ५३ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७८
Corona Banner

काठमाडौं, ९ असोज ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ५३ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा ९ सय ५३ मा सङ्क्रमण देखिएको हो ।

हाल देशभर सक्रिय सङ्क्रमित १९ हजार ७ सय छन् । पछिल्लो २४ घण्टामा १ हजार  ३ सय ७१ ले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या ७ लाख ५९ हजार ८ सय ७५ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.१ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ८७ को निधन भइसकेको छ । हाल देशभर ३ सय ६३ सघन उपचारकक्ष (आइसीयू), १ सय ९ भेन्टिलेटर, १८ हजार ३ सय ४० होम आइसोलेशन, १ हजार ३ सय ६० संस्थागत आइसोलेशन र २ सय ३७ क्वारेन्टिनमा छन् । पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप २ लाख १६ हजार ७ सय २५ जनाले लगाएका छन् । अहिलेसम्म ६५ लाख २८ हजार ३ सय ९२ ले पहिलो मात्रा र ६० लाख १४ हजार ९ सय ४१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width