काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५.४३ प्रतिशतले वृद्धि भएको हो । तथ्याङ्कअनुसार दुई महिनामा रु ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने रु तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ ।
गत आव २०७७/७८ को समीक्षा अवधिमा रु २० अर्ब ४४ करोड बराबरको निर्यात भएको थियो भने रु एक खर्ब ७८ अर्ब ८४ करोड ६२ हजार बराबरको आयात भएको थियो । विभागको तथ्याङ्कअनुसार गत साउन महिनामा रु एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो । यस्तैगरी साउन महिनामा रु २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको थियो ।
व्यापार घाटा दुई खर्ब ७० अर्ब
विभागले चालु आवको दुई महिनामा रु दुई खर्ब ७० अर्ब ४७ करोड बराबरको व्यापार घाटा भएको जनाएको छ । गत वर्षको सोही अवधिमा नेपालले रु एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा नेपालले ७० दशमलव ७५ प्रतिशतले व्यापार घाटा बेहोरेको हो ।
यस्तै पछिल्लो दुई महिनामा नेपालले रु तीन अर्ब ५८ अर्ब ५५ करोड बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले रु एक खर्ब ९९ अर्ब २८ करोड बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा ७९ दशमलव ९२ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।
११८ देशबाट आयात
दुई महिनाको अवधिमा ११८ देशबाट रु तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।
भारतबाट रु एक खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार बराबरको आयात भएको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट रु ४२ अर्ब ८४ करोड ७५ लाख बराबरको आयात भएको छ । समीक्षा अवधिमा भारतमा रु ३६ अर्ब १७ करोड ४३ लाख र चीनमा रु १५ करोड ८० लाख बराबरको निर्यात भएको छ ।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१