इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई मदन पुरस्कार

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७८
Bhairab-b-thapa-and-bhagiraj-ingnam

पोखरा, ७ असोज । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । यस्तै, जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि ४ लाख छ ।

मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

गुठीले नेपाली इतिहासका प्राथमिक सामग्रीहरुको संकलन र पहुँचलाई बिस्तार गरेकाले लिम्बुवानको ऐतिहासिक दस्तावेजलाई मदन पुरस्कार प्रदान गरेको जनाएको छ ।

मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त २ सय २२ पुस्तकमध्येबाट गुठीले ९ वटाको मदन पुरस्कार श्रेष्ठ सूची यसअघि सार्वजनिक गरेको थियो ।

जसमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि र जेसन कुँवरको रमिते समेत थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width