सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्र्टबीच सम्झौता

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७८
Bandipur Resort – Agreement – Press Release 2

पोखरा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डबाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवामा विशेष छुट पाउनेछन् ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकका लागि समेत घरमै बसी निशुल्क मोबाइल बैंकिङमार्पmत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैंकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायत व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलको देशैभर फैलिएका आफ्ना १ सय ८३ शाखा, १ सय १७ एटिएम र १ सय ११ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । सिटिजन्सले नवीनतम प्रविधिको अधिक प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावको वित्तीय आवश्यकता डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको जनाएको छ । जसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्युआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड बिथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवा थालेको प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width