वन क्याम्पसमा सम्मान तथा पुरस्कार

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७८
ban bigyan adhyan sasthan

पोखरा । वन विज्ञान अध्ययन संस्थान वन क्याम्पस पोखराको ४० औं स्थापना दिवसमा शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई सम्मान गरिएको छ । क्याम्पसले सेवानिवृत्त शिक्षक, कर्मचारीलाई सम्मान गरेको हो भने विभिन्न तह र विधामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी र उत्कृष्ट शिक्षक कर्मचारीलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा भर्खरै सेवानिवृत्त १० जना शिक्षक तथा कर्मचारीलाई विशेष सम्मानका साथ बिदाइ गरिएको हो । शैक्षिक सत्र २०७४–०७६ को स्नातकोत्तर तहअन्तर्गत फरेस्ट्रीमा सर्वोत्कृष्ट अंक हासिल गर्ने प्रवीण पण्डित, प्राकृतिक स्रोत व्यवस्थापन तथा ग्रामीण विकासमा सालु बस्नेत, वाटरसेड म्यानेजमेन्टमा विमला खनाल र २०७२–०७४ अन्तर्गतको बिएससी फरेस्ट्रीमा अप्सना काफ्ले पुरस्कृत भए । उत्कृष्ट पुरस्कारस्वरुप स्नातकोत्तर तह पार गर्ने विद्यार्थीलार्ई प्रतिव्यक्ति १५ हजार र स्नातक तहकालाई १० हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।

यसैगरी उपप्राध्यापक विजय न्यौपाने र आइटीतर्फका कर्मचारी प्रदीप सुवेदी यसवर्षको उत्कृष्ट शिक्षक तथा कर्मचारी घोषित भई जनही २५ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width