कांग्रेसको गाउँ नगर अधिवेशन असोज ९ मै

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७८
Congress Flag

पोखरा, ६ असोज । नेपाली कांग्रेसकाे गाउँपालिका र नगरपालिकाको अधिवेशन असोज ९ गते नै हुने भएको छ । यसबारे छलफल गर्न कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बुधबार अपरान्ह संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो ।

वडा अधिवेशन सकिएका जिल्लामा असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार वडा अधिवेशन सकिएका ठाउँमा असोज ९ मा र अन्य तहको अधिवेशन निर्वाचन समितिले आवश्यकताअनुसार टुंगो लगाउने छ ।

अझै १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ । १३ जिल्लामा निर्वाचन समितिले अधिवेशनबारे टुंगो लगाउनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width