ढलमा खसेर बालक बेपत्ता

रासस
असाेज ६, २०७८
child lost

काठमाडौं । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिनुभयो । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width