पवित्र सहकारीद्वारा वृद्धाश्रमलाई सहयोग

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७८
pabitra sahakari news

पोखरा । पवित्र बचत तथा ऋण सहकारी संस्थाको ११ औं स्थापना दिवसको अवसरमा लामेआहालस्थित वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । सहकारीले पोखरा ३२ लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रमलाई चामल, दाल, तेल, चना, बिस्कुट, नुन, चिनी, चियालगायत खाद्यान्न सहयोग गरेको हो ।
सहकारीका अध्यक्ष शिवबहादुर रानाभाटले सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सहयोग गरिएको बताए । संस्थाका सल्लाहकार चन्द्रबहादुर रानाभाटले आश्रमको सुरुआती अवस्थादेखि हालसम्मको प्रगति सबैको सामु देखिएको भन्दै आगामी दिनहरुमा पनि उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष बुद्धिबहादुर रानाभाट, संस्थापक सचिव एवं पत्रकार कृष्ण रानाभाट, कोषाध्यक्ष होमबहादुर रानाभाट, सदस्य तथा ऋण समिति संयोजक भीमबहादुर रानाभाट, कार्य समिति सदस्य कल्पना भण्डारी रानाभाटलगायतले बोलेका थिए ।
सहयोग ग्रहण गर्दै राधाकृष्ण वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगलले सहयोगदाताको सहयोगले वृद्धाश्रम सञ्चालन भएको बताउँदै आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरे ।
सहकारीका अध्यक्ष शिवबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गुप्तबहादुर रानाभाटले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width