क्षेत्रीय सभापतिमा दीपकको उम्मेदवारी

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७८
kaski 3 congresss

????????????????????????????????????

पोखरा । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेश ख को सभापतिमा दीपकवीर कुँवरले उम्मेदवारी घोषणा गरेका छन् । पोखरा ६ बैदाम निवासी ५० वर्षीय कुँवरले उम्मेदवारी घोषणा गर्दै पार्टीलाई एक ढिक्का बनाउन कार्यक्रमसहित आफूले उम्मेदवारी दिने बताए ।
पार्टीमा लाग्ने प्ररेणा आफूलाई विपी कोइरालाबाट प्राप्त भएको बताउँदै कुँवरले भने, ‘ बैदाम कोमागाने पार्कमा जापानिजले बनाएको कलात्मक घरमा बिपी आउनुभएको थियो । बुबाको साथमा मैलेपनि उहाँलाई भेट्न पाएँ । विपीले बुबासँग गरेका कुराकानीले मलाई छोयो र अप्रत्यक्ष रुपमा मलाई ऊर्जा मिल्यो जतिबेला म ७ वर्षको मात्रै थिएँ ।’
कुँवरले विसं २०४७ को माघ ५ देखि ७ गतेसम्म भएको कांग्रेसको राष्ट्रिय महासम्मेलनमा कुँवर कास्की कांग्रेसको प्रतिनिधि भएर महासम्मेलनमा सहभागी भएका थिए ।
कांग्रेस क्षेत्रीय प्रतिनिधिले आफूलाई सभापतिमा निर्वाचित गराउनेमा कुँवर विश्वस्त छन् । नेपाली कांग्रेस वडा नं ६ को पूर्व सभापतिसमेत रहेका कुँवर हाल निर्वाचित क्षेत्रीय प्रतिनिधि र नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय केन्द्रीय विभागको केन्द्रीय सदस्य हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width