टिकटक बनाउँदा सेतीमा डुबेकी युवती ८ दिनपछि मृत फेला

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७८
River-Death

दमौली, ५ असोज । टिकटक बनाउने क्रममा सेती नदीमा डुबेर बेपत्ता भएकी युवती ८ दिनपछि मृत फेला परेकी छन् ।

गत भदौ २९ मा टिकटक बनाउने क्रममा बेपत्ता शुक्लागण्डकी नगरपालिका ८, लालिम बस्ने १९ वर्षीया पवित्रा लम्साल मंगलबार भिमाद ७, बजारस्थित नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

उनको शव पोस्टमार्टपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width