१३३० जनामा कोरोना संक्रमण, ५ काे मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७८
Corona Banner

काठमाडौं, ५ असोज ।  पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय २२ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ । यस्तै सक्रिय संक्रमितकाे सङ्ख्या २१ हजार ५ सय २४ रहेका छन् ।

५ सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला ९ र २ सय भन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ पुगेका छन् । ५ सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा ७ लाख ५४ हजार सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.९ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको ११ हजार ५३ पुगेको छ । नेपालमा प्रति १० लाखमा ३ सय ७२.५ सङ्क्रमितको मृत्यु भएको तथ्यांक छ । यस्तै मन्त्रालयका अनुसार ३ सय ३५ जना सघन उपचार कक्ष (आइसियु), १ सय ७ जना भेन्टिलेटर, २० हजार १ सय ६४ जना होम आइसोलेसन, १ हजार ३ सय ६० जना संस्थागत आइसोलेसन र २ सय ५० जना क्वारेन्टिनमा छन् ।

नेपालमा मंगलबार ५५ हजार २ सय ४२ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख ३० हजार ८ सय २३ ले पहिलो मात्रा र ५६ लाख २८ हजार ७ सय ९२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width