वालिङका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७८
walling

वालिङ । वालिङ नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाका विषयमा स्वास्थ्य संस्थास्तरीय वार्षिक समीक्षा गरिएको छ ।
२ दिनसम्म सञ्चालन हुने वार्षिक समीक्षा कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले स्वास्थ्यसम्बन्धी आधारभूत सेवालाई नागरिकहरुको पहुँचमा पु¥याउनका लागि वडावडामा स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको बताइने । उनले नागरिकलाई स्वास्थ्य संस्थाबाट उपलब्ध गराउनुपर्ने सेवाहरु निरन्तररुपमा उपलब्ध गराउने र सेवा विस्तार गर्दै लगिने धारणा राखिन् ।

कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीहरुको निरन्तरको खटाई प्रशंसनीय रहेको बताउँँदै सम्पूर्ण स्वास्थ्यकर्मीहरु धन्यवादको पात्र भएको धारणा राखिन् । महामारीका समयमा जोखिम मोलेर अग्रपंक्तिमा रही सेवा दिने स्वास्थ्यकर्मीहरुकै कारण कोरोना रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण भूमिका रहेको उनले बताइन् ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले सेवाप्रवाह गर्ने क्रममा स्वास्थ्य क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्दै अगाडि बढ्ने बताए । विभिन्न स्वास्थ्य संस्थाहरुले गरेका असल कार्य तथा अनुभव अनुशरण गर्दै आगामी दिनमा नयाँ योजनाहरु बनाउन सहज हुने धारणा उनको थियो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लेखा अधिकृत ज्ञानप्रसाद पाण्डे र सञ्चालन जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले गरेका थिए ।

कार्यक्रममा नगरभित्र रहेका अस्पताल, स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य इकाइ प्रमुख तथा प्रतिनिधि स्वास्थ्यकर्मीको सहभागिता छ ।

Related News

सम्बन्धित समाचार

hero news full width