समता काव्य सन्ध्याको ३४० औं शृंखला

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७८
samata ~

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ४० औं शृंखला शनिबार पोखरामा भएको छ ।

काव्य सन्ध्यामा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठान संस्थापक सदस्य सचिव एवं परिवारका सल्लाहकार संस्कृतिकर्मी तीर्थ श्रेष्ठले ३ दशकसम्म अविछिन्न रुपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गरे । उनले यसको प्रभाव मूल्यांकन र शोध गर्न आवश्यक भएको बताए ।
काव्य सन्ध्यामा कवि तीर्थ श्रेष्ठ, डा. चैतन्य अधिकारी, ई. कौशलचन्द्र जिसी, डा. ईश्वरमणि अधिकारी, सुरेश रानाभाट, प्रकाश ज्ञवाली, शिव त्रिपाठी, दिपेन्द्र पहारी, उमेश रेग्मी, शरद भण्डारी, प्राञ्जल लगायतका कविहरूले रचना सुनाए

‘साहित्य, कला र संगीतको उत्थान ः हाम्रो प्रण’को गुञ्जनका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा साँस्कृतिक परिवार गण्डकी प्रदेशको वाङ्मयिक विकासमा ४४ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा परिचित छ ।

कोभिड–१९ को महामारीले डेढ वर्ष परिवारले भर्चुअल कवि गोष्ठी गरेको थियो । निषेधाज्ञा खुलेपछि पहिलो पटक भौतिक रूपमा हिमालय रिडर्स कर्नरमा कार्यक्रम आयोजना गरिएको थियो । परिवारका सहसचिव शिव त्रिपाठीले आमन्त्रित कविहरूलाई स्वागत गरेका थिए । अध्यक्ष मोती भुजेलको सभापतित्वमा सम्पन्न काव्य सन्ध्याको सञ्चालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width