Worldlink ads

भूतपूर्व खेलाडी मञ्चमा हरिप्रसाद पराजुली

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७८
bhpukheladimanch-2

पाेखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा हरिप्रसाद पराजुली निर्विरोध चयन भएका छन् ।

पोखरामा आइतबार भएको मञ्चको एघारौं साधारण सभा तथा सातौं अघिवेशनले अध्यक्ष पराजुलीसहितको २१ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको कार्यकाल ३ वर्षको हुनेछ । नव निर्वाचित अध्यक्ष पराजुली भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् भने यस अघि उनी मञ्चको प्रथम उपाध्यक्षसमेत रहेका थिए ।

अधिवेशनले मञ्चको प्रथम उपाध्यक्ष दिलबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष खेमबहादुर गुरुङ, महासचिव कृष्ण तिमिल्सिना, सचिव केशव पाठक, कोषाध्यक्ष महेश पौडेल र सह–कोषाध्यक्ष हरिबहादुर बरुवाल सर्वसम्मत चयन भए ।

संस्थाको कार्यसमिति सदस्यहरु यामबहादुर गुरुङ, दिनेशकुमार श्रेष्ठ, ओमबहादुर गुरुङ, भरतकुमार आले, विश्व तण्डुकार, हरिश्वर पोखरेल, पुष्पा श्रेष्ठ, इन्द्रा मल्ल, शान्ति थापा, रामबहादुर क्षेत्री, गजबहादुर गुरुङ, ज्वाला थापा, सम्मरबहादुर थापा र रमेशकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

यस अघि एघारौं साधारण सभा तथा सातौं अघिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको राजधानी पोखरालाई स्पोर्टस् हबको रुपमा विकास गर्न प्रदेश सरकारले सोच अघि बढाएको बताए । प्रदेशमा साहासिक खेलकुदसँगै अन्य खेलकुदका गतिविधि अघि बढाउन प्रदेश सरकारले कार्यक्रमहरु तय गरिने बताउँदै उनले भने,‘गण्डकी प्रदेशलाई समृद्धिको रुपमा अगाडि बढाउन धेरै आयाम छन् । त्यसमध्येको एउटा खेलकुद पनि हो । सबै क्षेत्र कोरोनाले थलिएको छ । अब खेलकुदकै माध्यमबाट पर्यटन प्रवद्र्धनमा अघि बढ्नुपर्ने हुन्छ ।’
मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेशलाई साहसिक खेलकुदसँगै फुटबल, भलिबल क्रिकेट जस्ता खेलहरुमा युवापुस्तालाई अघि बढाउने उल्लेख गर्दै खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ‘एक्सपोज’ हुन आवश्यक रहेको बताए ।

यसैबीच मुख्यमन्त्री नेपालीले पत्रकारितामार्फत् पोखरा म्याराथनलाई योगदान पु¥याएको भन्दै फोटो पत्रकार राम गुरुङलाई नगद १० हजारसहित सम्मान गरे भने पाकिस्तानमा भइरहेको यु–१२ आइटिएफ टेनिसमा संलग्न दर्शिल श्रेष्ठलाई समेत नगद १० हजारसहित सम्मान गरे । मञ्चले पूर्व अन्तर्राष्ट्रिय खेलाडी डमबहादुर पुनलाई समेत खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । मञ्चका पूर्व अध्यक्ष प्राडा वीरेन्द्र सिंह गुरुङ पनि खेलकुदप्रतिको योगदान गर्दै सम्मान गरेको छ ।

मञ्चका स्वर्गारोहण भएका ९ जना आजीवन सदस्यलाई मरणोपरान्त सम्मान गरेको छ भने कार्यक्रममा मञ्चको आजीवन सदस्य बनेकालाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले पोखराको खेलकुद विकासका लागि बाझिएर नभई बाँधिएर अघि बढ्नुपर्ने बताए । उनले अब पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु पूर्व स्विमिङ, सुटिङलगायत सबै पूर्वाधार निर्माणका लागि जोड दिनुपर्ने उल्लेख गर्दै एघारै जिल्लामा राष्ट्रिय खेलकुदको अनुभूति हुने गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हनुपर्ने बताए ।

मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बाँनिया, भूतपूर्व खेलाडी मञ्चका सल्लाहाकार अशोक पालिखे, सम्मानित व्यक्तित्व क्या. डमबहादुर पुन, पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङलगायतले खेलकुदमा मञ्चले गरेको उल्लेखनीय योगदानको प्रशंसा गर्दै पोखरा म्याराथनलाई सफल बनाउन सबै एकजुट हुनुपर्ने कुरामा जोड दिए ।


मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटको संयोजकत्वमा गठित निर्वाचन समितिका सदस्य महेश गुरुङ र अर्का सदस्य खेमराज सापकोटाले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए ।
सभाले महासचिव खेमबहादुर गुरुङ र सह कोषाध्यक्ष महेश पौडेले पेस गरेको आर्थिक प्रतिवेदन तथा विधान मस्यौदा समितिले पेस गरेको विधान संशसोधनसम्बन्धी प्रस्ताव सर्वसम्मत पास भएको छ । विधान मस्यौदा समिति संयोजक कृष्ण तिमिल्सिना र सदस्यहरु हरिश्वर पोखरेल र तिलक केसी थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग