Worldlink ads

तनहुँमै पीसीआर परीक्षण अनुमति

रासस
असाेज ३, २०७८
PCR

दमौली । तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो ।

प्रदेश प्रयोगशालाले स्थलगत अनुगमन गरी पेश गरेको प्रतिवेदन र प्रयोगशालाबाट प्राप्त २० नमूनाको नतिजा प्रमाणीकरणका आधारमा प्रयोगशालाको मापदण्ड पुगेकाले पीसीआर परीक्षण गर्न अनुमति प्रदान गरिएको निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिनुभयो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले प्रयोगशालाका मेसिनको सम्पूर्ण मापदण्ड पुगेकाले अब पीसीआर परीक्षणको तयारी गरिएको जानकारी दिनुभयो । प्रयोशालामा पाँच जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ । प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुई घण्टामा प्राप्त हुन्छ । “जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडि स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यता थियो, अब जिल्लामै सहजरुपमा छिटो, छरितो परीक्षण हुन्छ”, उहाँले भन्नुभयो ।

यसका लागि सङ्घीय सरकारले नगरपालिकालाई रु २५ लाख बजेट सहयोग गरेको थियो । पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाउँदा रिपोर्ट आउन ढिलाइ भएपछि नगरपालिका आफैँले व्यवस्था गरेको हो । यसका लागि व्यासका जनप्रतिनिधिले एक महिनाबापतको रु १२ लाख सहयोग गरेका छन् ।

नगरपालिकाअन्तर्गत विभिन्न शाखा तथा उपशाखामा कार्यरत कर्मचारीले प्रयोगशालाका लागि रु छ लाख सहयोग गरेका छन् । यसका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अष्टे«लियाकोतर्फबाट रु दुई÷दुई लाख सहयोग गरिएको थियो ।

देवघाटमा अस्थायी कोभिड अस्पताल बन्द

कोरोना सङ्क्रमितको उपचार गर्नका लागि तनहुँको देवघाट गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल बन्द भएको छ । गाउँपालिकास्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले उक्त अस्पताल बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाभित्र पछिल्लो समय कोरोना सङ्क्रमणको प्रभाव न्यून हुँदै गएको र भएका सङ्क्रमितलाई पनि अस्पतालमा राख्नुपर्ने स्थिति नभएकाले समितिले अस्थायी कोभिड अस्पताल बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो ।

अस्पताललाई हाल बन्द गरी अन्य प्रयोजनमा ल्याउने र फेरि सङ्क्रमितको सङ्ख्या बढेर बिरामी राख्नुपर्ने स्थिति आएमा पुनःसञ्चालन गरिने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन हरेक हप्ताको आइतबार पीसीआर परीक्षण गरिने तथा दैनिक एन्टिजेन परीक्षण गर्ने तयारी गरिएको छ ।

गाउँपालिकामा हालसम्म ५५३ जनाको पीसीआर परीक्षण गर्दा २१ जना महिला र ३३ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिनुभयो । त्यस्तै एन्टिजेन विधिबाट १५३ को परीक्षण गर्दा छ जना महिला र नौ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

Related News

सम्बन्धित समाचार

    • डोबाटे मन्त्रीमा नियुक्त, लिए सपथ

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रीको सपथ लिएका छन् । उनलाई प्रदेशप्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा…
    • लमजुङ–पोखरा सम्पर्क समितिको शुभकामना

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । लमजुङ–पोखरा सम्पर्क समिति र लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्थाले दसैं, तिहार, छठ तथा नेपाल संवत् अवसरमा…
    • पोखरा २७ मा नेकपा (एस) कमिटी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      लेखनाथ । नेकपा एकीकृत समाजवादीले पोखरा २७ मा वडा कमिटी गठन गरेको छ । शनिबार आयोजित कार्यकर्ता भेलाले सुधीरमणि लामिछानेको…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • जिप दुर्घटनामा २ को मृत्यु, १७ घाइते

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      वालिङ । वालिङ १०, मदिखोला नजिकै जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका १०…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads