पोखरा बचत सहकारीमा नयाँ सञ्चालक समिति

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७८
Pokhara Bachat AGM_Group Photo_1

पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्था, नयाँबजारको २२ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले पुनः इ.सुरेन्द्रबहादुर गोदारको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ । आगामी ४ वर्षे कार्यकालका लागि गठित सञ्चालक समिति सदस्यमा शम्भुराज बास्तोला, हिरामणि दाहाल, दिलबहादुर केसी (गोेपाल), प्रेमलाल श्रेष्ठ, जगन्नाथ आचार्य, दीपक गुरुङ, दोर्जे तामाङ र वीरबहादुर थापा क्षत्री निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता रघुनाथ अधिकारीले जनाए ।
यस्तै, राजेन्द्रप्रसाद पौडेलको संयोजकत्वमा प्रदीपकुमार श्रेष्ठ र लक्ष्मी गुरुङ लेखा सुपरीवेक्षण समिति सदस्यमा निर्विरोध चयन भए ।
संस्थाका अध्यक्ष गोदारको अध्यक्षतामा भएको साधारणसभाले संस्थाका अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिद्वारा प्रस्तुत विभिन्न वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै सभाले सञ्चालक समितिबाट निणयार्थ प्रस्तुत संस्थाको सांगठनिक नीति, २०७८, आर्थिक नीति, २०७८, बचत नीति, २०७८, ऋण नीति, २०७८ र मानव संसाधन नियमावली, २०७८ पनि अनुमोदन गरेको संस्थाका सचिव एवं कार्यक्रम सञ्चालक इन्द्रप्रसाद द्वाले जानकारी दिए ।
गत भदौ ५ मा बसेको सञ्चालक समितिको २९९ औं बैठकले संस्थाको नवौं अधिवेशनबाट नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन प्रयोजनार्थ संस्थाका सल्लाहकार अधिवक्ता रघुनाथ अधिकारीको संयोजकत्वमा सल्लाहकार आशबहादुर गुरुङ र फणिन्द्रराज शर्मा सम्मिलित ३ सदस्यीय निर्वाचन कमिटी गठन गरेको थियो ।
अघिल्लो कार्यकालमा संस्थाको सञ्चालक समिति, लेखा समिति र विभिन्न उपसमितिको विभिन्न पदमा रही योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मान गरियो ।
२०५९ बैशाख १२ मा स्थापित सहकारीमा हाल ४ हजार ७२ शेयर सदस्य छन् । कुल ९ करोड ४२ लाख ६२ हजार शेयर पुँजी रहेको सो सहकारीले आव २०७७/०७८ मा २ करोड २९ लाख ६३ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको संस्थाका कोषाध्यक्ष हिरामणि दाहालले जनाए ।
पोखरा ९ नयाँबजारस्थित आफ्नै भवनमा प्रधानकार्यालय रहेको सहकारीले पोखरा–८, सिर्जनाचोकमा रहेको सेवा केन्द्रबाट आफ्ना शेयर सदस्यलाई विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमै पोखरा–१०, अमरसिंहचोकमा पनि अर्को सदस्य सेवा केन्द्र बिस्तार गर्ने योजना रहेको संस्थाका अध्यक्ष गोदारले बताए । कास्की जिल्लाभर कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थामा हाल १६ कर्मचारी रहेको संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width