कुँडहर सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७८
kudarhar~

पोखरा । कुँडहर बचत तथा ऋण सहकारी संस्था, कुँडहरको १३ औं साधारणसभा भएको छ ।
सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेशका रजिष्टार उदयबहादुर पराजुलीले कार्यक्रम उद्घाटन गर्दै सहकारीमा सबै सदस्यको सहभागिता र योगदान समान रहने उल्लेख गरे । जिल्ला सहकारी संघ कास्कीका राष्ट्रिय प्रतिनिधि दीपकप्रकाश आचार्यले नीतिले चल्ने संस्था मात्र दीगो हुने बताए ।
त्यस अवसरमा उत्कृष्ट ऋणीका रुपमा भरत बराल र उत्कृष्ट बचतकर्ताका रुपमा पार्वती पोख्रेललाई सम्मान गरियो । शेयर सदस्य बलराम तिमिल्सिनाको निधन भएकोमा दुख व्यक्त गर्दै सदस्य हितकोषबाट उनका परिवारलाई १० हजार प्रदान गरिएको थियो । साधारण सभाले अध्यक्ष विश्वबन्धु थापा, कोषाध्यक्ष शुक्रराज अधिकारी र लेखा सुपरीवेक्षण समितिका सदस्य गुरुप्रसाद ज्ञवालीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।
सहकारी अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिवबहादुर बराल, सचिव सुरेन्द्रविनोद खनाल र शेयर सदस्य तोयनाथ लामिछानेले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width