हवाई खेलकुदको चासो : विमानस्थल बनेपछि के हुन्छ ?

प्रकाश ढकाल
असाेज ३, २०७८
Paragliding51-990×490

पोखरा । एजेन्सीले एयरलाइन्ससँग टिकट किनेर महँगोमा बिक्री गरिदिंदा पर्यटकलाई टिकट खरिदमा समस्या छ । नेपाल आएपछि पनि उनीहरुले धेरै झन्झट व्यहोर्नुपरेको गुनासो गर्छन् । ‘एकातिर इन्स्योरेन्स समस्या छ । दुई देशको नीति फरक भएर त्यसको मार पर्यटकले खेप्नु परेको छ,’ आजभोलि नेपालको पर्यटन व्यवसायमा लागेकी विदेशी नागरिक भिक्टोरियाले भनिन्, ‘हरेक बजारमा नेपाली र विदेशीको उपभोग्य मूल्य फरक छ । यसले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको बुझाइ नराम्रो पर्छ । व्यवस्थापनका लागि थप पैसा लाग्दैन, विचार नयाँ हुनुपर्छ ।’ उनका अनुसार नेपाल आउने पर्यटकले आफूलाई विभेदको महसुस गर्ने गरेका छन् ।
डेढ वर्षदेखि विश्वको पर्यटन डामाडोल छ । पर्यटक घुम्न निस्किएका छैनन् । नेपालमा अड्किएका केही पर्यटक लकडाउन खुलेपछि बिस्तारै गन्तव्यतिर लागे । शरदयाम पर्यटनको प्रमुख सिजन हो । अहिले शरद सुरु भएको छ । केही पर्यटक आफ्नो देश फर्किएका छन् । अध्यागमन कार्यालयले अप्रिल २९ देखि सेप्टेम्बर १७ सम्म १ हजार ५ सय ११ जनाको भिसा दिएको छ । तीमध्ये १ हजार १ सय ४ जना पर्यटकको भिसा थप भएको हो । भिसा थपेर कार्यालयले १ करोड ७८ लाख ८६ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ ।
‘कोरोनाको पहिलो लहर सकिँदा पर्यटन चलायमान हुने आश थियो । दुर्भाग्यवश दोस्रो लहर आयो । हाम्रा आशा सबै अन्त्य भयो,’ नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख काशी भण्डारी भन्छन्, ‘पोहोर आशामात्रै थियो, सकियो । अहिले भ्याक्सिनको भरोसा पनि छ । छिट्टै देशभरि भ्याक्सिन वितरण हुन्छ र कोभिड नियन्त्रणमा आउने छ ।’ पर्यटकलाई सरकारले ३० सेप्टेम्बरसम्म बिनाजरिवाना भिसा थपिदिने निर्णय गरेको छ । यसले उनीहरुलाई सहजता थपेको छ ।
पर्यटकलाई नेपालमा हुने व्यवहारबारे सुधार गर्न पटकपटक सरोकार पक्षसँग कुरा राखे पनि सम्बोधन नभएको उनले सुनाए । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रली फेर्न समेत सक्दैन नेपाल सरकारले । प्रक्रियागत झनझटका कारण धेरै सास्ती भोग्नुपरेको छ पर्यटकले,’ उनी भन्छन्, ‘यी कुराहरु बिस्तारै सम्बोधन हुने प्रक्रियामा छन् तर नेपालीहरुले पाहुनालाई गर्ने व्यवहार आज पनि राम्रो छ । आतिथ्यमा कुनै कमी आएको छैन ।’
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा छ । धेरैको चासो यसपछि पोखरामा हवाई खेलकुदको भविष्य के हुन्छ ? पर्यटन व्यवसायीहरु सरकारले समयमा सूचना जारी नगरेकोमा चिन्तित छन् ।
पोखरामा एयर स्पोर्टस् भित्राउने नतासा श्रेष्ठ हवाई खेलकुद पोखराबाट विस्थापित गर्न नहुने बताउँछिन् । उनले एभिया क्लबमार्फत पोखरामा अल्ट्रालाइट पाइलट उत्पादन गर्दै आएकी छिन् । त्यसबाहेक विभिन्न खेल गतिविधिमा उनको प्रत्यक्ष संलग्नता छ । ‘मैले व्यवसाय गर्दा वर्षमा ३० हजारमात्रै पर्यटक आउँथे । अहिले लाखौं आउन थालेका छन् । यसमा पर्यटकीय गतिविधिको योगदान ठूलो छ । अझ भनौं, स्पोर्टस् टुरिजमले धेरै सहयोग गरेको छ,’ उनले भनिन्, ‘तर अहिले विमानस्थल निर्माणपछि हवाई खेलकुदको अवस्था अज्ञात छ । कति फ्लाइट र कुन क्षमताको जहाज आउछन् ? नागरिक उड्डयन मन्त्रालयले कुनै जानकारी दिएको छैन ।’ पोखरा हवाई खेलकुदको राजधानी हो तर यही खेलकुद यहाँबाट हराउन सक्ने उनको चिन्ता छ ।
एशियाली खेलकुदमा नेपालले एउटामात्रै गोल्ड मेडल जितेको थियो । पोखराबाट गएको प्याराग्लाइडिङ टोलीमात्रै मेडलसहित नेपाल फर्किएको हो । यहाँ हवाई खेलकुदको सम्भावना उच्च छ । यद्यपि त्यसको उचित उपयोग हुन सकेको छैन । पोखरामा प्याराग्लाइडिङ, अल्ट्रालाइट, जाइरोकोप्टर जस्ता साहसिक खेल हुन्छन् । प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा वर्षेनी हुँदै आएको थियो । सरोकारवाला भने यो खेलकुदलाई नेपालका अन्य एयरपोर्टमा ‘सिफ्ट’ गर्नुपर्ने बताउँछन् । नेपालभरि ४८ एयरपोर्टमध्ये १८ वटामात्रै सञ्चालनमा छन् । ३० वटा अहिले पनि पूर्ण रुपमा बन्द छन् । त्यहाँ केही गतिविधि भएका छैनन् । अब हवाई खेलकुदहरु बन्द भएका एयरपोर्टबाट चलाउनुपर्ने सरोकारवाला बताउँछन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width