काठमाडौं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनुहुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको ख्याख्या र विश्लेषण गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको छ ।
जनताको हितका खातिर संविधानमा मौलिक हकका रुपमा अनेकौँ प्रावधान राखिएको छ । नेपालको संविधानले मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको राज्यसमयन्त्र सुनिश्चिता गरेको छ । निर्वाचनका माध्यमद्वारा तीन तहका सरकार कार्यान्वयनमा गएसँगै जनताले सिंहदरबारको अधिकार घरदैलोबाटै प्राप्त गरेको अनुभूति गरिरहेका छन् ।
यद्यपि मुलुकमा दलबीचका सत्तास्वार्थका कारण यसपटक संविधान दिवस मनाइरहँदा सार्वभौम सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसद् भने अवरोधको स्थितिमा छ । नेकपा एमालेभित्रको आन्तरिक घर झगडा र विवादले मुलुकमा नयाँ सरकार गठन गर्न पर्ने स्थिति निम्त्याएको हो ।
उक्त घटनाक्रमले सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्धलाई तिक्ततापूर्ण बनाएको हो । प्रमुख राजनीतिक दलभित्र देखिएको सत्ता सङ्घर्ष जोडिएर आएका निर्णय र प्रकट भएका विचारले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ओज घटनाएको गुनासा सुनिएको छ ।
संविधानको भावनाविपरीत राजनीतिक दल विभाजनका खेलतर्फ पुनःउन्मुख भएको घटनाले जनतालाई दुःखित तुल्याएको छ । लोकतन्त्र स्थापनाको ठूलो सङ्घर्ष गरी योगदान पु¥याएका राजनीतिक नेतृत्वलाई संविधान दिवसले मुलुक र जनताका पक्षमा ठिक निर्णय गर्दै अघि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।
Related News
सम्बन्धित समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
hero news full width
मुख्य समाचार
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१